आलियाको ‘सडक २’ ट्रेलर ट्रेन्डिङमा, डिसलाइकमा बनायो रेकर्ड « Khabarhub

आलियाको ‘सडक २’ ट्रेलर ट्रेन्डिङमा, डिसलाइकमा बनायो रेकर्ड


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ ।

दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मको ट्रेलर रिलिज हुनासाथ भारतीय दर्शकले यसलाई डिसलाइक गर्न शुरु गरेका थिए । भारतीय फिल्म नगरीमा चलेको नेपोटिज्म बहसले यो फिल्मलाई पूर्ण रुपमा प्रभावित पारेको छ । यो फिल्म यति छोटो समयमा धेरै डिसलाइक पाउने पहिलो ट्रेलर हो ।

फिल्ममा आलियाको अभिनय छ । जुन फिल्म उनका बाबु महेश भट्टले निर्देशन गरेका हुन् ।

होम प्रोडक्सनको फिल्ममा आलियाले अभिनय गरेका कारण पनि दर्शकहरु यो फिल्मका विरुद्ध खनिएका हुन् ।

तीन कथाहरुको एउटा यात्रा भनिएको यो फिल्ममा मुकेश भट्टको निर्माण रहेको छ । फिल्म २८ अगस्तमा डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ५६ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय