जे बिक्छ, त्यही बेचौं भन्ने मानसिकता हाबी हुन थाल्यो: दीपकराज गिरी « Khabarhub

जे बिक्छ, त्यही बेचौं भन्ने मानसिकता हाबी हुन थाल्यो: दीपकराज गिरी


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय भइरहन्छन् । सामाजिक र राजनैतिक विषयमा खरो टिप्पणी गर्छन् ।

यस्ता टिप्पणीका कारण गिरी बेलाबेलामा विवादमा पनि तानिन्छन् । यसअघि दीपाश्री निरौलाले ‘राजेश हमाललाई महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको आलोचना भयो ।

दीपाश्रीको आलोचना भएपछि अन्तर्वार्तामा विचार पुर्‍याउनुपर्ने भन्दै गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखे । उक्त स्टाटसपछि हमालका फ्यानले गिरीलाई नै ‘महानायक’ भन्दै व्यङ्ग्य गर्न थाले ।

पछिल्लो समय आफूले दिएका अभिव्यक्ति र दिएका अन्तर्वार्ताले कलाकारहरु विवादमा तानिँदै आएका छन् । यसअघि मात्र अन्तर्वार्ताका कारण धेरै कलाकारले विरोधको सामना गर्नुपरेको छ ।

गिरीको फेसबूकबाट

लकडाउनयता मात्र कलाकार दीपाश्री निरौला, वर्षा राउत, पूजा शर्मा लगायत भिडियो अन्तर्वार्ता दिएकै कारण विवादमा तानिए ।

यो विवादबारे कलाकार दीपकराज गिरीले अहिले कलाकारहरु ‘क्यामेरा देख्यो कि तर्सिने अवस्था आएको’ बताएका छन् ।

‘जे बिक्छ त्यही बेचौं भन्ने मानसिकता हाबी हुँदै गयो, यसकै परिणति हो पछिल्ला धेरै घटनाक्रमहरु,’ दीपक भन्छन्, ‘यदि यही क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा कलाकार र त्योभन्दा पनि घाटा राम्रोसँग पत्रकारिता गर्दै आएका साथीहरुलाई हुन जान्छ ।’

गिरीले पछिल्लो समय कलाकारको अन्तर्वार्ता लिएर ती अन्तर्वार्तालाई भाइरल गराउन खोजिने कसरत र बङ्ग्याइएका हेडलाइन राख्ने प्रवृत्तिमाथि टिप्पणी गरेका छन् ।

पछिल्लो समय कलाकारहरुले मिडियाकर्मीले आफूअनुकूलका अन्तर्वार्ता प्रसारण गरेको र कलाकारलाई विवादमा ल्याएको गुनासो गर्न थालेका छन् ।

गिरीले अहिलेको अवस्थामा भाइरल र भाइरस दुवैबाट सबै जोगिनुपर्ने पनि बताएका छन् ।

‘हिजोको दिन कुनै च्यानलमा अन्तर्वार्ता दिएर आउँदा मनै गदगद हुन्थ्यो, टोल छिमेक ससुराली सबैतिर आफै हल्ला गरिन्थ्यो,’ गिरी भन्छन्, ‘उत्साहित हुँदै टिभीको अगाडि बसेर अन्तर्वार्ता हेरिन्थ्यो, तर अहिले फोन आउँदा पनि अपराध अनुसनधान कार्यालयबाट फोन आएकोजस्तो लाग्न थाल्यो ।’

‘जबदेखि भाइरल गर्ने गराउने, भाइरलको चक्करमा लाग्ने राम्रो अन्तार्वार्ता नहेरिने, बिग्रेको, भत्केको, चिप्लिएको समाचार र यसका हेडलाइन बिक्री हुन थाल्यो, त्यसपछि यसप्रकारको अपराध बढ्न थाल्यो,’ उनी भन्छन् ।

पछिल्लो समय कलाकारहरु एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । कलाकारले गरेको सामान्य टिप्पणीलाई पनि अतिरञ्जित गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरिएको गुनासो कलाकारले गर्न थालेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ३९ बजे

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति