विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने – ठेगाना पठाउनुस् « Khabarhub

विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने – ठेगाना पठाउनुस्


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सोनु सूद पछिल्लो समय चर्चामा छन् । उनी चर्चामा रहनुको कारण फिल्मको अभिनय नभएर वास्तविक जीवनमा उनले गरेको सहयोग हो ।

लकडाउनका कारण समस्यामा परेका कैयन् परिवारलाई सोनुले सहयोग गरेका छन् । उनले गरेको सहयोगले सोनुको तारिफ भइरहेको छ ।

यसैबीच एक विद्यार्थीले सोनुलाई ट्वीट गर्दै किताब किन्न सहयोग गर्न अनुरोध गरेका छन् । उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले ठेगाना पठाउन भनेका छन् ।

विद्यार्थीले ट्वीटमा भने – सर, कृपया मलाई यूपीएससीको किताब खरिद गर्न सहयोग गर्नुस्, म किताबविना तयारी गर्न सक्दिनँ, किताब दिलाउनमा मलाई मद्दत गर्नुस् ।

यसको जवाफमा सोनुले भने – ठेगाना पठाउनुहोस् । किताबहरु तपाईंको घरसम्म आउनेछन् ।

यो ट्वीटले सोनुको थप तारिफ गरिएको छ । उनलाई फ्यानले ‘रियल हिरो’ भनेका छन् । यसअघि पनि सोनुले समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय दक्षिण भारतको एक परिवारकी बालिकाले खेत जोत्दै गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोपछि सोनुले उक्त परिवारलाई ट्याक्टर पठाएका थिए ।

सोनुले लकडाउनका बेला कैयन् प्रवासीलाई पनि घर जानमा सहयोग गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको