विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने – ठेगाना पठाउनुस् | Khabarhub Khabarhub

विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने – ठेगाना पठाउनुस्


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सोनु सूद पछिल्लो समय चर्चामा छन् । उनी चर्चामा रहनुको कारण फिल्मको अभिनय नभएर वास्तविक जीवनमा उनले गरेको सहयोग हो ।

लकडाउनका कारण समस्यामा परेका कैयन् परिवारलाई सोनुले सहयोग गरेका छन् । उनले गरेको सहयोगले सोनुको तारिफ भइरहेको छ ।

यसैबीच एक विद्यार्थीले सोनुलाई ट्वीट गर्दै किताब किन्न सहयोग गर्न अनुरोध गरेका छन् । उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले ठेगाना पठाउन भनेका छन् ।

विद्यार्थीले ट्वीटमा भने – सर, कृपया मलाई यूपीएससीको किताब खरिद गर्न सहयोग गर्नुस्, म किताबविना तयारी गर्न सक्दिनँ, किताब दिलाउनमा मलाई मद्दत गर्नुस् ।

यसको जवाफमा सोनुले भने – ठेगाना पठाउनुहोस् । किताबहरु तपाईंको घरसम्म आउनेछन् ।

यो ट्वीटले सोनुको थप तारिफ गरिएको छ । उनलाई फ्यानले ‘रियल हिरो’ भनेका छन् । यसअघि पनि सोनुले समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय दक्षिण भारतको एक परिवारकी बालिकाले खेत जोत्दै गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोपछि सोनुले उक्त परिवारलाई ट्याक्टर पठाएका थिए ।

सोनुले लकडाउनका बेला कैयन् प्रवासीलाई पनि घर जानमा सहयोग गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड