बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि « Khabarhub

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वाथ्यकर्मीसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डाक्टर देवकुमार गौतमका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. गौतमका अनुसार संक्रमित हुनेमा एकजना नर्सिङ स्टाफ, ३ जना वार्ड एटेन्डेन्ट र २ जना अस्पतालमा आएका अन्य व्यक्ति रहेका छन् ।

उनीहरुको चितवनको भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट भरतपुर अस्पतालले केही समयअघि मात्र सार्वजनिक गरेको छ ।

संक्रमित मध्ये एकजना ३५ वर्षका पुरुष र अन्य ५ जना क्रमश २५, ३३, ३९, ४३ र ५२ वर्षका महिला रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ४८ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१