पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्न प्रचण्डको आग्रह « Khabarhub

पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्न प्रचण्डको आग्रह


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन् ।

गएराति परेको अविरल वर्षापछि आएको पहिराका कारण सिन्धुपाञ्चोकको जुगल गाउँपालिका –२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त पहिरामा परी सात जनाको मृत्यु र करीब ३५ जना बेपत्ता भएका थिए । यस्तै कालीकोट महावै गाउँपालिकामा गए राति आएको पहिरामा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो ।

अध्यक्ष दाहालले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पुर्‍याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ०८ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१