नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : २३ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय