आज थपिए ५९४ कोरोना संक्रमित, २४० डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ५९४ कोरोना संक्रमित, २४० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ भने १४ हजार ६३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका एकजना, मोरङका ४ जना र सुनसरीका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना, सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ९ जना, मोरङका ३३ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा धनुषाका ४९ जना, महोत्तरीका १८ जना, सप्तरीका एकजना, सर्लाहीका एकजना, सिन्धुलीका एकजना र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जगेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ जना र सिराहाका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २० जना महोत्तरीका २ जना र पर्साका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका ३ जना, काठमाडौंका २३ जना, ललितपुरका एकजना, नुवाकोटका एकजना, पर्साका ४१ जना, सर्लाहीका ८ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा बाजुराका एकजना, बाराका एकजना, भक्तपुरका एकजना, चितवनका एकजना, धादिङका एकजना, धनुषाका ३ जना, हुम्लाका एकजना, कैलालीका ३ जना, काठमाडौंका ४ जना, ललितपुरका २६ जना, महोत्तरीका २ जना, मकवानपुरका एकजना, पर्साका २ जना, रुपन्देहीका एकजना, सर्लाहीका एकजना र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वी एण्ड वी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १६ जना, ललितपुरका ३ जना, पर्साका एकजना, रौतहटका २ जना र सर्लाहीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १२ जना मकवानपुरमा एकजना, नवलपरासी पूर्वका एकजना, सर्लाहीका एकजना र तनहुँका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुलीका ९ जना, धनुषाका एकजना, महोत्तरीका २ जना, मकवानपुरका १६ जना, मोरङका एकजना, रौतहटका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा दोलखाका एकजना, सिन्धुलीका एकजना, काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा बाराका २ जना, भक्तपुरका २ जना, चितवनका एकजना, कैलालीका एकजना, काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एकजना र काठमाडौंका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, लमजुङका एकजना, नवल परासी पूर्वका एकजना, पर्वतका एकजना, स्याङ्जाका एकजना र तनहुँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २२ जना, बर्दियाका ५ जना, सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेशनल प्याथ ल्याब एण्ड रिर्सच सेन्टर प्रालि बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, लुम्बीनि प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ५ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ६ जना, कैलालीका ५ जना, कंचनपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १ जना, सुर्खेतका १८ जना, स्वास्थ्य कार्यलय दैलेख प्रयोगशालामा दैलेखका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ जिल्लामा ५ सय बढी संक्रमित, ४ जिल्ला संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले पर्सा, महोत्तरी, रौतहट र
काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यसैगरी नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा
, मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

२४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।

आज थप ४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : १२ बजे

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र

काठमाडौँ– भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता

काठमाडौं- आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै

काठमाडौँ– भारतको पञ्जाब प्रान्तमा लागूऔषधको प्रकोप बढ्दै गएको पाइएको छ

निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग

काठमाडौँ– भारतले समुद्री आँधीबाट प्रभावित म्यान्मारलाई सहयोग गर्ने भएको छ