भारतमा कुल सङ्क्रमितमध्ये ७१ प्रतिशत सङ्क्रमणमुक्त « Khabarhub

भारतमा कुल सङ्क्रमितमध्ये ७१ प्रतिशत सङ्क्रमणमुक्त


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।

केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल सङ्क्रमित मध्येको २६.८८ प्रतिशत हो । भारतमा कुल सङ्क्रमितको संख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जना मध्ये महाराष्ट्र प्रदेशका मात्रै सवैभन्दा धेरै ४१३ रहेको छ । त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११÷११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।

त्योभन्दा थोरै संख्यामा देशका अन्य प्रदेशहरुमा पनि मृत्युको विवरणहरु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ५४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी