१३ औं सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन « Khabarhub

१३ औं सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल र खेलाडीका लागि खरिद गरिएका सामाग्रीमा अनियमितता भए नभएको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएको छ।

शुक्रबार मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कार्यकक्षमा भएको बैठकले सञ्चारमाध्यममा आएका विवादित घटनाहरुको विस्तृत छानबिनका लागि राखेपलाई निर्देशन दिएको हो ।

यस्तै बैठकले सातदोबाटो परिसरमा रुख काट्ने काममा भएको भनिएको अनियमितताको समेत छानबिन गरी सम्बद्ध व्यक्तिलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म र भावना अनुरुप खेलकुद क्षेत्रमा सुसाशन कायम गर्न गराउन अबलम्वन गर्नपर्ने संरचनागत/ संस्थागत सुधारको कार्ययोजना बनाउन राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्नेसमेत निर्णय गरेको छ।

यस्तै, मन्त्रालयले भाद्र १३ गते राष्ट्रिय खेलकुद परिषद्को ५७ औं वार्षिक कार्यक्रम गर्न निर्देशन दिएको छ ।

५७ औं वर्ष जयन्ती मनाउँदा नेपाल सरकार र मन्त्रीपरिषद्ले निर्धारण गरेको मापदण्डअनुसार तयारी गर्न राखेपलाई मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : २८ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण