कतारबाट २६३ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २६३ नेपाली स्वदेश फर्किए



दोहा – कतारबाट ३० औँ उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडौँका लागि उडेको नेपाल एयरलाईन्सको जहाजमा २८ महिलासहित २६३ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचीव भट्टराईले, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

कतारबाट नेपाल फर्किन चाहाने नेपालीको संख्या १३ हजार २५५ भएपनि हालसम्म कतारबाट ५ हजार ४ सय ६५ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढीरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ५७ बजे

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय