पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा « Khabarhub

पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट पीडित भएका परिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘अविरल बर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लीदीमा ठूलो जनधनको क्षति भएकोमा म अत्यन्त दुखित छु,’ राप्रपा अध्यक्ष राणाले शुक्रबार एक सन्देशमा भने ।

‘दुःखको यस घडीमा पहिरोमा परी मृत्यु हुनेहरूको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्घार तथा राहतको लागि सम्बन्धित सम्पूर्णमा हार्दिक आह्वान गर्दछु,’ उनले भने ।

यसैगरी राप्रपा सिन्धुपाल्चोकले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतक र घाइते परिवारको उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ । मृत आत्माको चीर शान्तिको कामना गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २६ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१