भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन ९३ हजारमा संक्रमण | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन ९३ हजारमा संक्रमण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५८ बजे

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५

चितवन निकुञ्जमा गस्तीमा गएका सैनिक सहकर्मीको गोली लागेर घाइते

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको