विश्वमा कोरोना : २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।

यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ ।

एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ५४३ जनाको मृत्यु भएको छ । ४० लाख ७९ हजार ७७६ जना संक्रमित भएकोमा २२ लाख ४५ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८९ हजार ८०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७९ लाख ८९ हजार १४९ पुगेको छ । त्यसमध्ये ४८ लाख ६७ हजार १७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६४ हजार २५५ जनाको मृत्यु भएको छ । ८६ लाख ३ हजार ३९९ जना संक्रमित भएकोमा ६९ लाख ५७ हजार २८२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २८ हजार ६५ जनाको मृत्यु भएको छ । ७१ लाख १७ हजार ३८८ जना संक्रमित भएकोमा ५८ लाख २४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ६७८ जनाको ज्यान गएको छ भने १३ लाख ५९ हजार ५६९ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ४ हजार ४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८४४ जनाको मृत्यु भएको छ । २९ हजार ९७० जना संक्रमित भएकोमा २६ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५५ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी