नेयमारसहितको पीएसजी र मार्सिलेका खेलाडीबीच मैदानमा झडप, पीएसजीको लगातार दोस्रो हार | Khabarhub Khabarhub

नेयमारसहितको पीएसजी र मार्सिलेका खेलाडीबीच मैदानमा झडप, पीएसजीको लगातार दोस्रो हार


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ ।

आइतबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा खेलाडीहरूबीच झडप भएको हो ।

दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीनसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारलेसमेत रातो कार्ड खादै मैदानबाट बाहिरिए । मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफूमाथि जातीय टिप्पणी गरिएको बताएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।

नेयमार र अल्भारो भन्दाअघि मार्सिलेका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

त्यसअघि खेलको ३१औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले मार्सिलेका लागि गरेको गोल नै निर्णायक बन्यो ।

योसँगै पीएसजी आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै पराजित भएको छ ।

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ०१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी