महाभारतको रोचक कथा : जब भीष्मले वाण हानेर पाण्डवहरूलाई मार्न चाहे  « Khabarhub

महाभारतको रोचक कथा : जब भीष्मले वाण हानेर पाण्डवहरूलाई मार्न चाहे 


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कौरवका सेना पाण्डवहरूसँग युद्ध हारिरहेको बेलामा दुर्योधन भीष्म पितामहसमक्ष पुगे र ‘तपाईं आफ्नो पूरा शक्ति लगाएर लडिरहनुभएको छैन’ भनी आरोप लगाए ।

यो सुनेपछि भीष्मलाई एकदमै रिस उठ्यो र उनले पाँचवटा सुनौला वाण झिके र केही मन्त्र पढे । मन्त्र पढेपछि उनले तिनै पाँच वाणले पाण्डवहरूलाई भोलि मारिदिने बताए ।

तर दुर्योधनले भीष्म पितामहमाथि विश्वास गरेनन् र वाण आफैं लिएर गए । ‘भोलि बिहान यी वाणहरू फिर्ता गरिदिन्छु’ भने उनले ।

भगवान् श्रीकृष्णले यी वाणहरूका बारेमा थाहा पाएपछि अर्जुनलाई बोलाउनुभयो र दुर्योधनकहाँ गएर पाँच वाण माग्न लगाउनुभयो ।

‘दुर्योधनलाई एकचोटि तिमीले गन्धर्वबाट ज्यान बचाइदिएका थियौ । त्यसको बदलामा केही कुरा माग्नू भनेर दुर्योधनले भन्दा त्यतिखेर केही मागेका थिएनौ । अब गएर त्यही पाँच सुनौलो वाण माग ।’

त्यसपछि अर्जुन दुर्योधनकहाँ पुगे र वाण मागे । आफूले पहिले वचन दिइसकेको हुनाले दुर्योधनले क्षत्रीय धर्म निर्वाह गर्दै वचन पूरा गरे र अर्जुनलाई वाण दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक