यस्तो दोष कटाउन जहाँ कुकुरसँग गराइन्छ बालबालिकाको विवाह ! « Khabarhub

यस्तो दोष कटाउन जहाँ कुकुरसँग गराइन्छ बालबालिकाको विवाह !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुले विभिन्न प्रथा तथा प्रचलन चलाएको पाइन्छ ।

कुनै पनि बालबालिकाको विवाह कुकुरसँग गराइन्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अझै यस्तो प्रचलन रहेको पाइएको छ ।

भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा एउटा अन्धविश्वासको परम्परा अझैसम्म पनि कायम छ ।

गाउँमा यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यसलाई ठूलो अलक्षिन मान्ने गरिन्छ । यसको दोष निवारणका लागि बाल्यकालमै कुकुरसँग विवाह गराइदिने प्रचलन रहेको छ ।

बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाधिदिने यो अन्धविश्वास आजसम्म पनि त्यहाँका मानिसहरुले पालना गर्दै आएका छन् ।

आफ्ना छोराछोरीलाई कुकुरसँग विवाह गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताउँने गरेका छन्।

सानैमा कुकुरसँग विवाह गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई ग्रहदशाले पछ्याउन नसक्ने त्यहाँका मानिसहरुको विश्वास छ ।

उक्त आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको हजारौँ वर्ष भइसकेको छ । अहिले पनि ति आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : १७ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा