ट्रकले ठक्कर दिँदा घाइते भएका क्रिकेटर भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइने « Khabarhub

ट्रकले ठक्कर दिँदा घाइते भएका क्रिकेटर भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीलाई थपउपचारका लागि काठमाडौं ल्याइने भएको छ । क्रिकेटर भण्डारीलाई सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज बाट काठमाडौं ल्याउन लागिएको हो ।

दुर्घटनामा परेर हात र खुट्टामा गम्भीर चोट देखिएपछि उपचारका लागि परिवारले काठमाडौं ल्याउन लागेको हो ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा क्रिकेटर भण्डारी र उनीसँगै रहेका करन ठगुन्नालाई चोट लागेको थियो ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँबाट सोमबार बिहान नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ सिटी स्क्यान गर्दा नर्मल देखिएपछि उतै उपचार गर्ने भनिएको थियो ।

तर, छिटो रिकभरीका लागि उनलाई नेपालगन्ज भन्दा काठमाडौंमा सजिलो हुने भएपछि काठमाडौं ल्याउने निर्णय गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई एयर एम्बुलेन्सबाट टोखास्थित ग्रान्डी अस्पतालमा उपचार गरिने बताएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ४४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक