क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि « Khabarhub

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो । कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करसमेत पनि संक्रमित रहेको र दुवै सोल्टी होटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलको क्वारेन्टिनमा राख्दै आएको छ ।

क्याप्टेन लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए ।

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ५६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक