विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा « Khabarhub

विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमिता गरेको भेटिएपछि विवादमा तानिएको ओम्नी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल) समूह कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गर्दै उक्त समूहलाई कालोसूचीमा राखेको जनाएको हो । यो समूहले अब १ वर्ष कुनै पनि खरिद प्रक्रियामा सहभागिता जनाउन नपाउने गरी कालोसूचीमा राखिएको छ ।

ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक चलखेल भएको थियो । यो खबर बाहिरिएपछि जनस्तरबाट सरकारको व्यापक विरोध भएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमण देखिएसँगै सरकारले विना प्रतिस्पर्धा ओम्नी समूहलाई चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो ।

त्यसपछि विना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

विवाद भएपछि स्वास्थ्य सेवा विभागले गत चैत्र १९ गते ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

ओम्नी समूहले स्वास्थ्य साम्रगी ल्याउँदा भ्रष्ट्राचार गरेको खुलेपछि सरकारले औषधि खरिद प्रक्रिया नेपाली सेनलाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  २ : ३१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक