राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरे ।

नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए । उनले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर-व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले हाम्रो सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सिर्जना भएको छ। यसले हाम्रा दुई देशहरूलाई पनि असर गरेको छ,’ उनले भने, ‘पारस्परिक साथ र सहयोगले हामीलाई यस महामारीविरुद्ध लड्न मद्दत गर्दछ।’

उनले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको समेत बताए ।

‘दक्षिण एशियाली जनताहरूको हित प्रबर्द्धनका लागि सार्कले आफ्ना गतिविधि अघि बढाउनुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क गतिविधि अघि बढाउनका लागि पहल गरिरहेको छ।’

उनले नेपाली विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उनले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।

‘दुई देशबीचको संसदीय अनुभवहरू आदान-प्रदान गर्न र आवश्यक सहकार्य गरेर अघि बढ्नु दुवै देशको हितमा हुन्छ,’ उनले भने, ‘संसदीय सहकार्यमा दुईपक्षीय तथा अन्तर्राष्ट्रिय फोरमा हामीले सहकार्य गर्नुपर्छ।’

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धीको पक्ष रहेको बताए ।

दुई देशको संसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने धारणा राखे ।

‘यहाँको पाकिस्तान भ्रमणका लागि हाम्रो सिनेट अध्यक्षले निमन्त्रणा गरिसक्नुभएको छ, उनले भने, ‘पाकिस्तान संसद यहाँको स्वागतको प्रतिक्षामा रहेको छ।’

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ४८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको