अमिताभ बच्चनले गरे अभियन्ता उज्जवलको तारिफ « Khabarhub

अमिताभ बच्चनले गरे अभियन्ता उज्जवलको तारिफ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कलाकार अमिताभ बच्चनले नेपालमा एसिड (तेजाब) आक्रमणमा परेका नेपालीको सहयोगमा चलाइएको अभियानकर्तामध्येका एक अभियन्ता उज्जवलबिक्रम थापालाई बधाई दिएका छन् ।

बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उज्जवलको तारिफ गर्दै बधाई दिएका हुन् । एसिड आक्रमणका पीडितका पक्षमा थापाले गरेको मेहनतले राम्रो नतिजा पाएको पनि बच्चनले बताएका छन् ।

‘धेरै धेरै बधाई…यो राम्रो काम जारी राख्नु,’ बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।

अभियन्ता थापाले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायत अन्य काममा निरन्तर रुपमा सहयोग गर्दै आएका छन् ।

उत्तराखण्डको सो शेरवुड कलेजमा पढेका थापा पछिल्लो समय एसिड आक्रमण पीडितको सहयोगमा जुटेका छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडित र थापा लगायत अन्य व्यक्तिहरु भेट गरेका थिए । उक्त भेटका क्रममा सरकारले एसिड पीडितको निशुल्क उपचार गर्ने र कानून संशोधन गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग