क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो « Khabarhub

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारीको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई सोमबार बाँकेबाट काठमाडौं ल्याइ टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ। सोमबार बेलुकी नेपालगञ्ज मेडिकल कलेजबाट सिम्रिक एयरबाट उनलाई काठमाडौं ल्याइएको हो।

भण्डारी आइतबार बेलुका कञ्चनपुरको झलारी बजारमा दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकल ट्रकसँग ठोकिँदा दुर्घटना भएको थियो।

हिजो बेलुका धनगढी निसर्ग अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो। तर, परिवारले ग्रान्डी अस्पतालमा उपचार गर्ने भन्दै नेपमल प्रहरीसँगको समन्वयमा काठमाडौं ल्याएको हो।

यसैबीच भण्डारीको उपचारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आर्थिक सहयोग गर्ने भएको छ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार अपरान्ह सामाजिक सन्जालमा स्टाटस लेख्दै उक्त कुरा उल्लेख गरेका छन्। उनले सरोकारवाला निकायलाई भण्डारीको उपचारको लागि सहयोग गर्न पनि ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन्- नेपाली राष्ट्रिय क्रीकेट टिमको सदस्य ललितसिँह भण्डारी हिजो कन्चनपुरको झलारीमा मोटर साइकल दुर्घटना परि घाइते भई धनगढीमा सामान्य उपचार पश्चात नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचारको लागि आज सिम्रिक एअरबाट काठमाण्डुको ग्राण्डी अस्पतालमा भर्ना गरी थप उपचार हुने सम्पूर्णमा जानकारीको लागि अनुरोध गर्दै निजको उपचारको लागि राष्ट्रिय क्रीकेट टिमको तर्फबाट आवस्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्द्छु ।साथै सम्बन्धीत सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछु।

फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टीमबाट डेब्यु गरिसकेका तीव्र गतिका बलर ललित पछिल्लो समय इन्जुरीका कारण टीमबाहिर रहेका थिए। यस्तै उनी नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : ०९ बजे

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

दार्चुला– जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा

बालेन-रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन : असिमको साह

काठमाडौं– पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले