क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो « Khabarhub

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारीको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई सोमबार बाँकेबाट काठमाडौं ल्याइ टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ। सोमबार बेलुकी नेपालगञ्ज मेडिकल कलेजबाट सिम्रिक एयरबाट उनलाई काठमाडौं ल्याइएको हो।

भण्डारी आइतबार बेलुका कञ्चनपुरको झलारी बजारमा दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकल ट्रकसँग ठोकिँदा दुर्घटना भएको थियो।

हिजो बेलुका धनगढी निसर्ग अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो। तर, परिवारले ग्रान्डी अस्पतालमा उपचार गर्ने भन्दै नेपमल प्रहरीसँगको समन्वयमा काठमाडौं ल्याएको हो।

यसैबीच भण्डारीको उपचारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आर्थिक सहयोग गर्ने भएको छ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार अपरान्ह सामाजिक सन्जालमा स्टाटस लेख्दै उक्त कुरा उल्लेख गरेका छन्। उनले सरोकारवाला निकायलाई भण्डारीको उपचारको लागि सहयोग गर्न पनि ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन्- नेपाली राष्ट्रिय क्रीकेट टिमको सदस्य ललितसिँह भण्डारी हिजो कन्चनपुरको झलारीमा मोटर साइकल दुर्घटना परि घाइते भई धनगढीमा सामान्य उपचार पश्चात नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचारको लागि आज सिम्रिक एअरबाट काठमाण्डुको ग्राण्डी अस्पतालमा भर्ना गरी थप उपचार हुने सम्पूर्णमा जानकारीको लागि अनुरोध गर्दै निजको उपचारको लागि राष्ट्रिय क्रीकेट टिमको तर्फबाट आवस्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्द्छु ।साथै सम्बन्धीत सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछु।

फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टीमबाट डेब्यु गरिसकेका तीव्र गतिका बलर ललित पछिल्लो समय इन्जुरीका कारण टीमबाहिर रहेका थिए। यस्तै उनी नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : ०९ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि