आजबाट हट्यो विराटनगरको निषेधाज्ञा « Khabarhub

आजबाट हट्यो विराटनगरको निषेधाज्ञा


२९ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- स्थानीय प्रशासनले विराटनगरमा जारी निषेधाज्ञा आजबाट हटाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सरकारले गरेको सीमा कडाइ र सतर्कता राखेर निषेधाज्ञा हटाएको जानकारी दिए ।

कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला सुरक्षा समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । १६ र २२ भदौमा निषेधाज्ञा खुकुलो बनाउँदै थप गरिएको थियो ।

सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

सार्वजनिक यातायात बन्द गरेर सिटी सफारी जोरविजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गर्दै दुईजना मात्रै यात्रु राखेर सञ्चालन गर्न आग्रह गरिएको छ ।

होटल तथा रेस्टुरेन्टबाट ‘होम डेलिभरी’को सुविधा दिए पनि भेटघाट र भेलाजम्मा हुन रोक लगाइएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : ३९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ