मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ? « Khabarhub

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका हुन्। उनले यो नियमति बैठक भनेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ।

घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने जन दबाब भने चर्को छ।

सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ०८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक