बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय « Khabarhub

बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक जना डा.युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नेछिन् ।  गौतमलाई गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन हुन सकेको थिएन ।

पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीको गुटमा पुगेका गौतमलाई अन्ततः ओलीले राष्ट्रिय सभामा लाने भएका हुन् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना