आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय « Khabarhub

आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा