काठमाडौँ महानगरमा मात्रै १५ हजार ५५३ संक्रमित, कुन वडामा कति ? (विवरणसहित) « Khabarhub

काठमाडौँ महानगरमा मात्रै १५ हजार ५५३ संक्रमित, कुन वडामा कति ? (विवरणसहित)


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ ।

डेढ महिनाअघिसम्म उपत्यका भित्रिनेले कोरोना सार्ने डर बढेको बताइने गरेकोमा अहिले उपत्यकाबाट बाहिर जानेले गाउँगाउँमा संक्रमण फैलाउने त्रास बढेको छ ।

मंगलबार मात्रै उपत्यकामा एक हजार ७४६ जनामा संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुरमा ३२ हजार ६ सय तीन जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसमध्ये काठमाडौँ महानगरपालिकामा मात्रै १५ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ५१७ छन् । काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय संमितको संख्या ३ सयभन्दा बढी छ ।

सबैभन्दा धेरै वडा नं. १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं. १५ मा ५८१, वडा नं. ९ मा ५२०, वडा नं. ३२ मा ४१३, वडा नं. १४ मा ३९४, वडा नं. १० मा ३८५, वडा नं. ७ मा ३६२, वडा नं. ३ मा ३५३, वडा नं. ४ मा ३४६, वडा नं. ६ मा ३२१ र वडा नं. २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।

हेर्नुहोस् वडागत विवरण

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : १५ बजे

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक