७६४ खरका छाना विस्थापित गरिँदै « Khabarhub

७६४ खरका छाना विस्थापित गरिँदै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका चार पालिकाकाका ७०० बढी घरका खरका छाना विस्थापित गरिने भएको छ ।

सङ्घीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो ।

खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ ।

स्थानीय सरकारले शुरु गरेको खरको छानामुक्त गर्ने अभियानलाई सकारात्मक कदमका रुपमा लिइँदै आइएको छ ।

स्थानीय तहले खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न सकेका छैनन् ।

पालिकाले बजेट अभावमा काम गर्न नसकेपछि  सङ्घीय सरकारले खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्वीकृत गरेको सांसद् डा. सूर्य पाठकले जानकारी दिए ।

स्थानीय तहले सङ्कलन गरेको खरका छानाको सङ्ख्याका आधारमा कार्यक्रम स्वीकृत भएर आएको डा.पाठकको भनाइ छ ।

पाठकका अनुसार ७६४ घरका लागि प्रतिपरिवार रु ५० हजार बराबरको जस्तापाता उपलब्ध गराइनेछ । जसका लागि बागलुङ क्षेत्र नं १ मा मात्रै रु तीन करोड ८२ लाख खर्च गरिनेछ ।

यसवर्ष नै अधिकांश घरमा रहेको खरको छाना विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानामुक्त गरिनेछ ।

स्थानीय सरकारले गर्दै आएको कामलाई सङ्घीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छानामुक्त घर पाउने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १६४, जैमिनी नगरपालिकामा २३०, बरेङ गाउँपालिका ९६ र काठेखोला गाउँपालिका १७४ घर छन् ।

स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण सङ्घीय सरकारलाई पेश गरेपछि कार्यक्रम स्वीकृत भएर आएको हो ।

यस्तै बढी मात्रामा खरका छानासहितको घर भएको जैमिनी नगरपालिकामा सङ्घीय सरकारले विषेश अनुदानमार्फत रु एक करोड २० लाख बजेट स्वीकृत भएर आएको सांसद पाठकले जानकारी दिए ।

गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयवासीलाई सरकारले खरको छानामुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ ।

नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : २६ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले