बामदेवविरूद्धको मुद्दामा आज पनि भएन सुनुवाई « Khabarhub

बामदेवविरूद्धको मुद्दामा आज पनि भएन सुनुवाई


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयपछि सर्वोच्च अदालतमा परेको मुद्‍दाको आज पनि सुनुवाई स्थगित भएको छ।

न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले सुनुवाइ स्थगित स्थगित भएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाउँदै यसको सुनुवाई संवैधानिक इजलाशबाट गर्न आदेश दिएका थिए ।

तर, न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्‍दा संवैधानिक इजलाशमा पूर्ण रूपमा छलफल हुन पाएको छैन ।

प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ४७ बजे

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश