आईफोन १२ का नयाँ चार मोडल सार्वजनिक (मूल्य र विशेषतासहित) « Khabarhub

आईफोन १२ का नयाँ चार मोडल सार्वजनिक (मूल्य र विशेषतासहित)


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी टेक कम्पनी एप्पलले बहुप्रतिक्षित आईफोन १२ का विभिन्न चार मोडलहरू सार्वजनिक गरेको छ ।

‘हाई स्पीड’ इभेन्टमार्फत एप्पलको सबै नयाँ आईफोन १२ लाइनअपमा सार्वजनिक गरेको हो ।

एप्पलले सो इभेन्टमा ५.४ इन्चदेखि ६.७ इन्चसम्मका नयाँ आईफोन मोडलहरु लन्च गरेको छ । जसको मूल्य ६९९ अमेरिकी डलरदेखि १,०९९ डलरसम्म तोकिएको छ ।

कम्पनीले आईफोन १२ मिनी, आईफोन १२, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरेको छ ।

 

सबै आईफोन १२ सिरिजमा ५ जी कनेक्टिभिटी पनि सपोर्ट हुनेछ । आईफोन १२ मोडलहरूमा एमएमवेभ ५जी साथै सब सिक्स गिगाहर्ज ५ जीको सपोर्ट छ ।

यस्ता छन् विशेषता र मूल्य

आईफोन १२ मिनी:

डिस्प्ले : ५.४ इन्च

कलर : कालो, सेतो, रातो, निलो र हरियो

स्टोरेज अप्सन : ६४ जीबी, १२८ जीबी, र २५६ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १.६

मूल्यः ६९९ डलरबाट सुरू

आईफोन १२

डिस्प्ले : ६.१ इन्च

कलर : कालो, सेतो, रातो, निलो र हरियो

स्टोरेज अप्सनः ६४ जीबी, १२८ जीबी, र २५६ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १.६

मूल्यः ७९९ डलरबाट सुरू

आईफोन १२ प्रो:

डिस्प्ले : ६.१ इन्च

कलर : गोल्ड, सिल्भर, ग्राफिट र निलो

स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

क्यामेरा : डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फोरएक्स अप्टिकल जूम

मूल्यः ९९९ डलरबाट सुरू

आईफोन १२ प्रो म्याक्स

डिस्प्ले : ६.७ इन्च

कलर : गोल्ड, सिल्भर, ग्राफिट र निलो

स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

क्यामेरा : डुअल क्यामेरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फाइभएक्स अप्टिकल जूम

मूल्यः १,०९९ डलरबाट सुरू

एप्पलका अनुसार आइफोन १२ का सबै सिरिज अक्टुबर २३ देखि बजारमा उपलब्ध हुनेछन् । यसको प्रिअडर भने अक्टुबर १६ देखि गर्न सकिने छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ५३ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन