न्युजिल्याण्ड र इङ्ग्ल्यान्डबीचको मैत्रिपूर्ण फुटबल स्थगित « Khabarhub

न्युजिल्याण्ड र इङ्ग्ल्यान्डबीचको मैत्रिपूर्ण फुटबल स्थगित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्याण्डले इङ्ग्ल्यान्डसँगको मैत्रिपूर्ण फुटबल नखेल्ने घोषणा गरेको छ । बुधबार न्युजिल्याण्ड फुटबलले विज्ञप्ति जारी गर्दै मैत्रिपूर्णका लागि इङ्ग्ल्यान्ड जान खेलाडीको उपलब्धता र कोरोना भाइरसको रेस्टीक्सनका कारण जान नसक्ने भन्दै स्पष्ट पारेको छ ।

इङ्ग्ल्यान्डले नोभेम्बर १२ मा विम्बलीमा मैत्रिपूर्ण फुटबलको आयोजना गरेको थियो । न्युजिल्याण्डले उक्त मैत्रिपूर्ण खेलमा सम्भावित खतरा रहेको भन्दै इङ्ग्ल्यान् टुर रद्द गरेको बताएको छ ।

‘यो खेलले घरेलु फुटबललाई पनि प्रभावित पार्नेछ,’ न्युजिल्याण्ड फुटबलले भनेको छ । गएको वर्ष नोभेम्बरमा लिथुनियासँगको खेल पनि न्युजिल्याण्डले अन्तर्राष्ट्रिय खेल खेलेको छैन् ।

यसअघि मार्चमा ओमान र बहरायनसँग मैत्रिपूर्ण फुटबल खेल्ने तय भएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) का कारण त्यो पनि रद्द भएको थियो ।

कोरोना भाइरसको महामारी कम नभएको र यस्तो समयमा चुनौति मोल्न नसकिने भन्दै न्युजिल्याण्ड पछि हटेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : २५ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन