कोरोना महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी « Khabarhub

कोरोना महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कोरना महामारीको समयमा पनि बागलुङमा महिला हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका हुन् ।

बन्दाबन्दी, निशेधाज्ञा र सङ्क्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । यस्ता घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज १५ गतेसम्म प्रहरीको महिला सेललगायत विभिन्न पालिकाको न्यायिक समितिमा सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन् । महिला सेलमा मात्रै ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताए ।

उनले भने, “लकडाउन बजारक्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना बढिरहेका छन् । अधिकांश घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार र विभिन्न हिंसाका गरी २४ मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरू थोरै परेकामा आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो । ”

बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ मुद्दामध्ये अधिकांश घरेलु हिंसाकै भएको कानून अधिकृत नरेन्द्रबहादुर केसीले बताए । ताराखोला गाउँपालिकामा तीनवटा मात्रै यस्ता मुद्दा दर्ता भएको उपाध्यक्ष डिलकुमारी पुनले बताए ।

ढोरपाटन नगरपालिकामा एउटै मुद्दा नपरे पनि केही मुद्दा भने प्रहरीमै दायर भएका त्यहाँका उपप्रमुख करमती पुनले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना