कीट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द « Khabarhub

कीट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ।

प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर कीट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका इन्चार्ज रमेश शाहीले प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट कीट बोकेर गाडी हिँडिसकेको बताएका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी नरेन्द्र कार्कीले पनि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पिसिआर कीट धनगढी आउँदै गरेको बताएका छन्।

उनले कीटको परिमाणको बारेमा भने थाहा नभएको बताए । प्रदेशमा कीट अभावको कारण सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ सयभन्दा बढी नमूना थन्किएको बताइएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ४९ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल