कीट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द | Khabarhub Khabarhub

कीट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ।

प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर कीट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका इन्चार्ज रमेश शाहीले प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट कीट बोकेर गाडी हिँडिसकेको बताएका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी नरेन्द्र कार्कीले पनि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पिसिआर कीट धनगढी आउँदै गरेको बताएका छन्।

उनले कीटको परिमाणको बारेमा भने थाहा नभएको बताए । प्रदेशमा कीट अभावको कारण सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ सयभन्दा बढी नमूना थन्किएको बताइएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ४९ बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।