नारायणकाजीलाई बाबुरामको जवाफ : ‘सत्ताको तुजुक नदेखाऊ’ « Khabarhub

नारायणकाजीलाई बाबुरामको जवाफ : ‘सत्ताको तुजुक नदेखाऊ’


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्।

बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौं घुस लिएको आरोप लगाएका बाबुरामले बुधबार यस्तो प्रस्ताव गरेका हुन्।

बुधबार यो आरोपको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् आपत्ति जनाएपछि उनले अधिकार सम्पन्न लोकपाल गठनको माग गरेका हुन्।

उनले त्यसका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

बाबुरामले बुढीगण्डकी आयोजनाको विषयमा आफ्नो अभिव्यक्तिको खण्डन गरेको भन्दै प्रवक्ता श्रेष्ठलाई उनको नाम नलेखी सत्ताको तुजुक नदेखाउन सुझाव पनि दिएका छन्।

‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं’, बाबुरामले ट्विट गरेका छन्, ‘सबै उच्च पदासीनको सम्पत्ति छानबिन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ।’

यो पनि पढौं

डा. भट्टराईले लगाएको भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : १९ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार