नारायणकाजीलाई बाबुरामको जवाफ : ‘सत्ताको तुजुक नदेखाऊ’ « Khabarhub

नारायणकाजीलाई बाबुरामको जवाफ : ‘सत्ताको तुजुक नदेखाऊ’


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्।

बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौं घुस लिएको आरोप लगाएका बाबुरामले बुधबार यस्तो प्रस्ताव गरेका हुन्।

बुधबार यो आरोपको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् आपत्ति जनाएपछि उनले अधिकार सम्पन्न लोकपाल गठनको माग गरेका हुन्।

उनले त्यसका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

बाबुरामले बुढीगण्डकी आयोजनाको विषयमा आफ्नो अभिव्यक्तिको खण्डन गरेको भन्दै प्रवक्ता श्रेष्ठलाई उनको नाम नलेखी सत्ताको तुजुक नदेखाउन सुझाव पनि दिएका छन्।

‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं’, बाबुरामले ट्विट गरेका छन्, ‘सबै उच्च पदासीनको सम्पत्ति छानबिन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ।’

यो पनि पढौं

डा. भट्टराईले लगाएको भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : १९ बजे

कांग्रेसले आफ्ना सांसदका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था