यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखे वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिवाना ! « Khabarhub

यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखे वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिवाना !


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको रोजगारीको ठूलो गन्तव्य रहेको संयुक्त अरब एमिरेट्स (यूएई)मा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिबाना हुने भएको छ ।

यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज वा होच्चाएर कमेन्ट नगर्न समेत अनुरोध गरेको छ ।

सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मानहानी हुने र निन्दा गरेर लेखिएका कमेन्टमा जेल सजाय र जरिबाना वा दुबै सजाय हुने गल्फ न्युजले जनाइएको छ ।

यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुन सक्ने जनाएको छ । साइबर अपराध अनुसार यस्तो सजाय गर्ने भएको हो ।

यसका लागि टेलिकमको नेटवर्क वा अन्य कुनै आईटी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरीले जनाएको छ । प्रहरीले २०१९ मा सोशल मिडिया दुरुपयोगको आरोपमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

२०१७ मा, सोशल मिडिया दुरुपयोगका ३९२ कसेस केसहरू दर्ता भएका थिए भने २०१८ मा ३५७ घटना रिपोर्ट गरिएको थियो । प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दुर्व्यवहार बढेको जनाएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगमा विषेशगरी अनलाइन दुव्र्यवहार, धम्की र ब्याल्कमेल, झुटो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मामलामा हस्तक्षेप, दुर्व्यवहारजन्य कमेन्ट गर्नु, झुटो विज्ञापन पोस्ट गर्ने लगायत रहेको जनाएको छ ।

अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने दुईजना पक्राउ परेका थिए । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नैतिकवान हुनपर्ने बताएको छ ।

सामाजिक सञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामाजिक सञ्जालमा केही लेख्नुअघि, फोटो र भिडियो पोस्ट गर्नुअघि सचेत हुन आग्रह पनि गरिएको छ ।

करिव ४ लाख नेपाली श्रमिक रहेको यूएईमा सामाजिक सञ्जालमा केही पोष्ट गर्दा, कमेन्ट वा सेयर गर्दा होसियार हुनु होला नत्र जरिवाना वा जेल पर्नु होला I

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३९ बजे

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल