युद्ध अपराधको आरोपित बाहेकलाई माफी दिने सुडान सरकारको घोषणा « Khabarhub

युद्ध अपराधको आरोपित बाहेकलाई माफी दिने सुडान सरकारको घोषणा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ ।

सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अल–बुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर गरेका छन् ।

शान्ति सम्झौताको भावना अनुरूप हजारौँ मुद्दा लागेका व्यक्तिलाई सजाय माफी गरिएको सुडानको राज्य सञ्चालित समाचार संस्था सुनाले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पूर्जी काटेका वा जातीय संहारमा दोषी मानिएका मुद्दाबाहेकका मुद्दालाई तत्काल आममाफी दिइएको उक्त निर्देशनमा उल्लेख छ ।

अक्टोबर ५ मा राजधानी जुबामा भएको शान्ति सम्झौता अनुरूप विद्रोही ५० हजार व्यक्ति देशको मुल प्रबाहमा आइसकेको र बाँकि १५ हजार व्यक्ति उक्त प्रक्रियामा सामेल हुने क्रममा रहेको पूर्वविद्रोही समूहका प्रमुखले बताए ।

आम माफी डार्फर, ब्लु नाइल, साउथ कोर्दोफानमा सक्रीय विद्रोही र  सुडानको नयाँ सरकाबीच भएको शान्ति सम्झौतापछि यसैलाई तार्किक निश्कर्षमा पुर्‍याउने सहमति अनुसार भएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार सुडानको पश्चिमी क्षेत्र डार्फर र वरपरका क्षेत्रमा भएको युद्धमा कम्तीमा तीन लाख व्यक्ति मारिएका थिए भने २५ लाख मानिस कुनै न कुनै रूपमा विस्थापित भएका थिए ।

सेना र जनआन्दोलनको सहयोगमा पदच्युत भएपछि  सुडानको जेलमा रहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई आइसीसीले जातीय संहार गरेको आरोपमा खोजीको सूचीमा राखेको छ ।

आइसीसीको खोजीको सूचीमा रहेका पूर्व विद्रोही नेता तथा कमाण्डर अलि कुस्याबले भने जुनमा आइसीसीसमक्ष आत्मसमर्पण गरेका थिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ३९ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय