५०० वर्षपछि दीपावलीको यो महासंयोग, कसरी गर्ने लक्ष्मी पूजा ? (पूजाविधि सहित) « Khabarhub

५०० वर्षपछि दीपावलीको यो महासंयोग, कसरी गर्ने लक्ष्मी पूजा ? (पूजाविधि सहित)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारमा घरघरमा लक्ष्मीको पूजा गरिन्छ ।

कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो पर्वलाई कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं ।

समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ ।

पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ ।

१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

१२. कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

५ सय वर्षपछि दीपावलीको यो महासंयोग

तीन ग्रहको दुर्लभ संयोगका कारण यसपटक पाँच दिन मनाइने दीपावली चार दिनमा सिमित भएको छ ।

ज्योतिषाचार्यहरुलाई मान्ने हो भने यो दुर्लभ संयोग सन् १५२१ मा पनि बनेको थियो । अर्थात् आजभन्दा पाँच सय वर्ष पहिले ।

आज शनिबारको दिन यो विशेष संयोग बनेको हो । अहिले दीप पर्व गुरु ग्रह आफ्नो स्वराशी धनु तथा शनि आफ्नो स्वराशी मकरमा रहने भएको छ । त्यस्तै, लक्ष्मीको स्वग्रह शुक्र कन्या राशीमा हुने भएको छ । अनि आज लक्ष्मी पूजागर्ने समयमा स्वाति नक्षत्र रहने ज्योतिषीहरुले बताएका छन् । यसलाई नै महासंयोग भनिएको हो ।

हिजो मात्र हामीले धनतेरस पनि मनाएका थियौँ । धनतेरसको भोलिपल्टै लक्ष्मी पूजाको दिन पर्नुलाई पनि अर्को अद्भुत संयोग मानिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ३८ बजे

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा

मधेस प्रदेशमा ६७ कानुन निर्माण

महेन्द्रनगर– मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई