आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

आज बिहान देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०