हार स्वीकार नगरेका ट्रम्पले गरे नयाँ सरकारको संकेत « Khabarhub

हार स्वीकार नगरेका ट्रम्पले गरे नयाँ सरकारको संकेत


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतीय चुनावमा हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार आउन सक्ने संकेत गरेका छन् ।

चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले जनअरीमा नयाँ सरकार आउन सक्ने पहिलो पटक संकेत दिएका हुन् ।

कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले भने, ‘यो प्रशासन लकडाउनमा जाने छैन । भविष्यमा त जे पनि होला । कसलाई के थाहा कुन सरकार हुन्छ । समयले नै बताउला ।’

तर उनले बाइडनको नाम भने लिएनन्। कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको उनले आरोप लगाउँदै आएका छन् ।

उनलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव भने बढिरहेको छ ।

सो क्रममा उनले कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको दाबी गरे ।

आउँदो महिनाभित्र जोखिममा रहेका लाखौँ नागरिकलाई खोप उपलब्ध गराइने पनि उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस