किन मनाइन्छ तिहार ? यस्ता छन् खास कारण « Khabarhub

किन मनाइन्छ तिहार ? यस्ता छन् खास कारण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ ।

यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ ।

धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी भएका उनका प्रजाले पूरै नगरमा स्वागतको भव्य आयोजना गरेका थिए । राम घर फर्कदा राज्यभरी दियो बालेर भिलिमिली पारिएको थियो ।

तिहार यही मात्र कारणले मनाइएको हैन । यस पर्वका पछाडि अनकौँ कारण छन् ।

१. देवी लक्ष्मी कार्तिक महिनामा औंसीका दिन समुन्द्र मन्थनमा अवतार लिइ प्रकट भएकी थिइन् ।

२. यही दिन भगवान् विष्णुले आफ्नो पाँचौ अवतार वामन अवतारमा देवी लक्ष्मीलाई राजा बालिबाट मुक्त गराएका थिए ।

३. यसै दिन भगवान् श्रीकृष्णले राक्षसका राजा नरकासुरको वध गरी उनको चंगुलबाट १६ हजार महिलालाई मुक्त गरेका थिए ।

४. महाभारत अनुसार कार्तिक औंसीका दिन पाण्डवले १२ बर्षको वनवास काटेर राज्य फर्कदा उल्लासमा दीपावली गरिएको थियो ।

५. यसै दिन राजा विक्रमदित्यको राज्याभिषेक भएकाले दीपावली मनाउन थालिएको थियो ।

६. कार्तिके औंसीका दिन स्वामी दयानन्द सरस्वतीले हिन्दु अस्तित्व बनाउन आर्य समाजको स्थापना गरेका थिए ।

तिहारमा भगवान गणेशसहित सबै देवताको पूजा गरिन्छ । अझ विशेषतः गणेश र लक्ष्मीको आराधना गर्ने गरिन्छ । लक्ष्मी धनकी देवी र गणेश प्रथम पुजनीय देवता भएकाले एकसाथ पूजा गर्ने परम्परा बसेको हो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : १४ बजे

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

रसुवा– जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा

मधेस प्रदेशमा ६७ कानुन निर्माण

महेन्द्रनगर– मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका