भूलेर पनि गर्भावस्थामा नगर्नोस् यी गल्ती  ! « Khabarhub

भूलेर पनि गर्भावस्थामा नगर्नोस् यी गल्ती  !


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक गर्भवती महिलाले गर्भमा हुर्किरहेको बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ ।

गर्भावस्था हरेक महिलाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतुहलताले उनीहरुको मनलाई रोमाञ्चीत बनाइदिन्छ । तर, हरेक महिलाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्मन्छ ? कुनै अपाङ्गता त हुदैँन ?

गर्भवती महिलालाई यो चिन्ता हुनु स्वाभाविक हो ।  चिकित्सकका अनुसार गर्भावस्थामा हुने सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छ ।

पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीले गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् । गर्भावस्थामा निम्न कुरालाई ख्याल नराखे शिशु अपाङ्ग जन्मन सक्छ ।

१. गर्भाधारणको चाहाना भएका महिलाले ३ महिना पहिलेदेखि नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनु पर्दछ ।

२. गर्भावस्थाको ३ महिना पहिलेदेखि नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन ।

३. गर्भावस्थाको क्रममा महिलाले भाइरल इन्फेक्सनबाट बच्नु पर्दछ । त्यसैले गर्भवती महिला भीडभाडमा नजानु नै राम्रो हुन्छ ।

४. गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्लाको वातावरणमा बस्न दिनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ ।

५. ध्वनी प्रदुषणमा हुर्किएको बच्चामा श्रवण शक्ति मात्र नभई बोल्ने क्षमतामा पनि असर पर्दछ । किनभने बच्चाले केही नसुने उच्चारण क्षमता हुँदैन ।

६. गर्भवती महिलाले मदिरा, धुम्रपान सेवनको लत छाड्नु पर्दछ । मदिराको सेवनले गर्भ तुहिने र भ्रुणको विकास रोकिन सक्छ । धुम्रपानको लतले बच्चाको तौल कम हुनसक्छ ।

७. गर्भावस्थामा प्याकेज्ड जुस, कोल्ड ड्रिंक्स, बाहिरको खाना खानु हुदैँन । साथै चटपटे, अत्याधिक पिरो अमिलो खानु हुदैँन । तसर्थ जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ । अझ सकेसम्म पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी सेवन नगरेकै राम्रो ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ०८ बजे

एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण  

दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई