काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।
शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुगेको बुझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् ।
राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।
राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ ।
प्रतिक्रिया