नेपालमा ४७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा « Khabarhub

नेपालमा ४७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४७४ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको हो ।

हालसम्म देशभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ४७४ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हाल ३ सय ८७ जना आईसीयूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय ६८ जना आईसीयूमा छन् भने ६१ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै प्रदेश १ मा ४९ जना आईसीयूर १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकीमा ६९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा छन्।

कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना