मुख्यमन्त्री पोखरेललाई मन्त्री पुनको जवाफ : ‘प्रचण्ड’को लिखित प्रस्ताव आउँदा किन उत्तेजित ? « Khabarhub

मुख्यमन्त्री पोखरेललाई मन्त्री पुनको जवाफ : ‘प्रचण्ड’को लिखित प्रस्ताव आउँदा किन उत्तेजित ?


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाइलाई लिएर प्रतिवाद गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डले सचिवालय वैठकमा राखेको प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेको भन्दै फिर्ता लिन आग्रह गरेपछि मन्त्री पुनले त्यसको प्रतिवाद गरेका हुन् ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पुनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको दावी गरेका छन् ।

उनले शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टीमा हुने छलफल ,बहस र अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुन नसक्ने बताएका छन् ।

यस्तो छ मन्त्री पुनको भनाइ

पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएकोछ र पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो  । पार्टीमा हुने छलफल ,बहस ,अन्तर्विरोधबाट  कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन । पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै विनाउत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि,पद्धति र राजनीतिक सँस्कारको विकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ४६ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम