कोरोना संक्रमित डा. केसीले भने : सरकारले मेरो उपचार गर्नु पर्दैन, आफैं गर्छु « Khabarhub

कोरोना संक्रमित डा. केसीले भने : सरकारले मेरो उपचार गर्नु पर्दैन, आफैं गर्छु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमित डा. गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् ।

उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए ।

तर, डा. केसीले यसलाई अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् ।

डा. केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ८ : २३ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक