चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु | Khabarhub Khabarhub

चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा सिन्धुलीका अन्दाजी २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेका छन् ।

ट्रक कसले चलाएको थियो भन्ने खुलेको छैन । उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको थियो ।

उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग