काठमाडाैंमा शुरू भयाे नेपाली कांग्रेसकाे प्रदर्शन « Khabarhub

काठमाडाैंमा शुरू भयाे नेपाली कांग्रेसकाे प्रदर्शन


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – काठमाडाैंमा नेपाली कांग्रेसकाे सरकारविरोधी प्रदर्शन शुरू भएकाे छ । काठमाडौंंमा हुने प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी छ ।

आज कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सभापति शेरबहादुर देउवाले हेटौंडा, महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरकाे प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

सरकारविरोधी प्रदर्शनमा नेता/कार्यकर्ताकाे उत्साहजनक सहभागिता देखिएकाे छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, सहमहामन्त्री प्रकाशशरण महत झापा, युवा नेता गगन थापा कैलालीकाे प्रदर्शनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू आ–आफ्नो तोकिएको जिल्लामा पुगिसकेका छन् ।

कांग्रेसले कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, कूशासन, भ्रष्टाचार औषधि अभाव, महिला हिंसा तथा बलात्कार, र अधिनायकवादका विराेधमा सडकमा प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया