यसकारण प्याज खाँदैनन् व्राह्मणहरु « Khabarhub

यसकारण प्याज खाँदैनन् व्राह्मणहरु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- व्राह्मणहरूले प्याज नखानुका पछाडि वैज्ञानिक र धार्मिक कारणहरु छन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ । सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनमा शान्ति बनाइराख्छ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ ।

त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्ने गरेको कुरा आयुर्वेदमा उल्लेख छ । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । प्याज र लसुनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । त्यसले कामोत्तेजना बढाउँछ ।

व्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकी उनीहरू देवताको पूजा गर्दछन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्दछन् ।

उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्दछन् । काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पुर्‍याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।

लसुन प्याजले स्वास्थ्य बढाउँदछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ । तर, अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनभने यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्दछन् ।

आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका व्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : १० बजे

हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्ला – हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक

अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता

दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

काठमाडौँ – महिला चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

एजेन्सी – सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा)